मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • प्रदेश ७
  • राष्ट्रिय जनसांस्कृतिक महासघं सु.प.को प्रथम अधिबेशन बाजुरामा हुने

राष्ट्रिय जनसांस्कृतिक महासघं सु.प.को प्रथम अधिबेशन बाजुरामा हुने

  • मङ्लबार, चैत्र २८, २०७९
राष्ट्रिय जनसांस्कृतिक महासघं सु.प.को प्रथम अधिबेशन बाजुरामा हुने

बाजुरा — नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जनसांस्कृतिक महासघ सुदुरपश्चिम प्रदेश कमिटिको प्रथम अधिबेशन बाजुरा जिल्लामा हुने भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासघ सुदुरपश्चिम प्रदेश कमिटिको प्रथम अधिबेशन बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बैशाख १४ र १५ गते हुने जनाएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासघ सुदुरपश्चिम प्रदेश कमिटिको प्रथम अधिबेशन आयोजक कमिटिले सदरमुकाम मार्तडीमा बुधरबार पत्रकार सम्मेलन गर्दै अधिबेशनबारे जानकारी गराएको छ । राष्ट्रिय जन सांस्कृतिक महासघ सुदुर पश्चिम प्रदेश कमिटिको आयोजनामा राष्ट्रिय जनसांस्कृतिक महासघं सुदुर पश्चिम प्रदेश कमिटिको प्रथम अधिबेशनका बारे गरिएको पत्रकार सम्मेलन मार्फत बिभिन्न चुनौतीका बाबजुत प्रदेश स्तरको अधिबेशन पहिलो पटक बाजुरामा गर्न लागेको जनाएको जनसांस्कृतिक महासघ बाजुराका अध्यक्ष धिरेन विकले बताए । प्रत्येक जिल्लाका १० जना पार्षदहरु रहेका  अध्यक्ष विकले बताए ।
पहिलो पटक पार्टीको भार्ती संगठनको अधिबेशन बाजुरामा हुनलागेकोमा यसमा सबैले सहयोग गर्न अध्यक्ष विकले आग्रह समेत गरेका छन । सुदुरपश्चिम प्रदेश कमिटिको प्रथम अधिबेशनको खुला शेसनमा बाजुराको मौलीक पहिचान, यहाको रिती रिवाज र संस्कृती झल्कीने झाँकीहरु समेत पर्दशन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु लेखराज भट्ट, कर्ण बहादुर थापा, लाल बहादुर थापा, प्रकाश शाह र कलाकारहरुमा महेश आउझी, धोज महारा, लक्ष्मी आचार्य बिनोद बाजुरेली लगायत राष्ट्रिय कलाकारहरुको समते उपस्थिती रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन । राष्ट्रिय जनसांस्कृतिक महासघ बाजुराका अध्यक्ष धिरेन विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलमा नेकपा एमाले बुढिगंगा नगर कमिटिका अध्यक्ष नरेन्द्र रोकाया लगायतका नेता र पत्रकारहरुको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको संचालन राष्ट्रिय जनसांस्कृतिक महासघ बाजुरा जिल्ला कमिटि सचिव देब बहादुर बोहराले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार