बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक (भिडियो सहित)

‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक (भिडियो सहित)

  • मङ्लबार, चैत्र २८, २०७९
‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक (भिडियो सहित)

बाजुरा– गायक जनक कार्कीको ‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक भएको छ । अछामी भाषामा छोरेट्टा – छोरेट्टी (प्रेमी-प्रेमिका) बिचको प्रेम सम्बन्धलाई चित्रण गर्दै राजेन्द्र शाह बि.पी ले शब्द र लय भरेपछि गायक जनक कार्की र शोभा थापाको स्वरमा रहेको ‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक भएको हो ।

अछामको पूर्वी भेग पञ्चदेवल विनायक नगरपालिकाका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ । अछामी रेखा भीम बिस्टको निर्देशनमा बनेको देउडा भिडियोमा प्रियङ्का कँवर र जनक कार्कीले मुख्य अभिनय गरेका छन् ।

विशेष फिल्मस् प्रा.ली. बाट आइतबार सार्वजनिक भएको उक्त देउडा गीतमा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने तथा नगरपालिकाका प्राय कर्मचारी र स्थानीयहरूले देउडा खेलका अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो

चर्चामा

सम्बन्धित समाचार