• होमपेज
  • राजनीति
  • एमाले बाजुरा मिसन ग्रासरुट, अभियानले पार्टीमा नयाँ उर्जा दिएको निष्कर्ष

एमाले बाजुरा मिसन ग्रासरुट, अभियानले पार्टीमा नयाँ उर्जा दिएको निष्कर्ष

  • मङ्लबार, चैत्र २८, २०७९
एमाले बाजुरा  मिसन ग्रासरुट, अभियानले पार्टीमा नयाँ उर्जा  दिएको निष्कर्ष

बाजुरा — नेकपा एमाले बाजुराले मिसन ग्रासरुट अभियानको जिल्ला स्तरीय समीक्षा गरेको छ । नेकपा एमाले बाजुराले मिसन ग्रासरुट अभियानले पार्टीमा नयाँ उर्जा दिएकाे निष्कर्ष निकालेकाे छ । देशव्यापी रुपमा फागुन ५ र बाजुरामा फागुन १७ गतेबाट औपचारिक रुपमा सुरुवाद गरिएको अभियानको समीक्षा गरिएको हो ।

पार्टी केन्द्रीय पोलिटव्यूरो सदस्य एवं प्रदेशका सहईन्चार्ज राजेन्द्र रावलको प्रमुख आतिथ्यतामा समीक्षा कार्यक्रम गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । जिल्लाका नौ वटै पालिका, प्रत्येक वडा र टोलमा पुगेर गरिएको कामको समीक्षा र जनताका प्रतिक्रिया बारे छलफल गरिएको नेकपा एमाले बाजुराले जनाएकाे छ ।
२ महिना केन्द्रीत अभियानले पार्टीमा नयाँ उर्जा पैदा भएको र संगठन सुदृढीकरणमा सफलता मिलेको नेकपा एमाले बाजुराले बताएको छ । संगठन निर्माण, कार्यकर्ता भेटघाट, सदस्यता नविकरण र वितरण, विकास निर्माणको अवस्था बारे छलफल तथा सुझाव संकलनका लागि एमालेले मिसन ग्रासरुट अभियान सुरु गरेको थियाे ।

बैशाख ९ गते पहिलो चरणको कार्यक्रम समापनको तयारीमा लागेको नेकपा एमालेले जिल्ला स्तरीय समीक्षा पछि पनि जनसगंठन गठन गर्न बाँकी, सदस्यता नविकरण गर्न बाँकी सबै वटा तथा टोलमा पुगेर फेरि काममा सक्रिय हुन पनि समीक्षा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र रावलले निर्देशन दिएका छन् ।

पार्टी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अभियान निकै फलदायी भएकोले निरन्तरता दिने निर्णय गरेको जिल्ला कमिटीको बैठक समेत सँगै राखिएकोले पालिका स्तरीय रिपोटीग समेत गरिएको छ ।

बाजुरामा पार्टीले केन्द्रीय कमिटीको तर्फबाट राजेन्द्र रावल, यज्ञ बोगटी, गोविन्द्र कुँवरलाई खटाएको थियो । भने ३५ जना प्रदेश कमिटीका सदस्य, १३१ जना जिल्ला कमिटी, पालिका कमिटीका पदाधिकारी तथा सदस्य, जनसंगठनका जिल्ला पदाधिकारी सबैजना अभियान केन्द्रीत भएका छन् ।

पार्टी जिल्ला कमिटीले समीक्षा कार्यक्रम तथा जिल्ला कमिटीको बैठकको अवसरमा अभियानमा केन्द्रीय जिम्मेवारी सम्हाल्ने तीनै जना नेताहरुलाई सम्मान गरेको छ । पार्टीलाई आधार तहमा पुर्याउने, जनताको पार्टीका रुपमा स्थापित गर्ने र जनतासँगै रहेर कामकारवाही अघि बढाउने सहीतका निर्णय गर्दै बैठक समीक्षा तथा बैठक सकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार