आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

  • सोमवार, चैत्र २७, २०७९
कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

वीरेन्द्रनगर– नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एमाले आइतबार सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले सोमबारदेखि लागू हुने गरी नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले आइतबार राजीनामा दिएका थिए। यसअघि पुस १० गतेको समीकरणअनुसार पुस २७ गते नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो।

त्यसपछि राष्ट्रपति निर्वाचन पछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत १७ गते पनि दोस्रो पटक पनि एमालेले प्रदेश सरकारलाई समर्थन दिएको थियो। चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरूको भनाइ छ।

प्रदेश सरकारमा नेकपा एमालेका प्रदेश अध्यक्ष एवं सांसद विनोद शाहले प्रदेश सरकारकामा पनि चुनावी गठबन्धन ब्यूँतिएकाले आफूहरूले दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। शाहले भने, ‘अब हामी संसदको प्रमुख प्रतिपक्ष दल भएर सरकारलाई रचनात्मक सहयोग गर्छौँ।’

प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन्। योसँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ।

null

चर्चामा

सम्बन्धित समाचार