• होमपेज
  • बुढिनन्दा
  • कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले पायो स्थायी डाक्टर

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले पायो स्थायी डाक्टर

  • शनिबार, चैत्र २५, २०७९
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले पायो स्थायी डाक्टर

बाजुरा — बाजुराको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले एक दशकपछि स्थायी डाक्टर पाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना मेडिकल अधिकृतको स्थायी दरवन्दी भएको भएपनि करार सेवाका डाक्टरहरुले सेवा दिदै आएका थिए ।

बुढीनन्दा नगरपालिकाको अथक प्रयासपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको स्थायी दरवन्दी अनुसार डाक्टर प्रतिक न्यौपाने आएकाे स्थानीय केशर कुमार बाेहोराले बताएका छन् । एक दशकपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको स्थायी दरवन्दी अनुसार डाक्टर न्यौपाने आएर सेवा दिन थालेपछि विरामीहरुलाई सेवा लिन सजिलो भएको स्थानीय राधा कार्कीले बताएकि छन् ।

पहिलो पटक कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी डाक्टरको रुपमा आएका डाक्टर प्रतिक न्यौपानेलाई बुढीनन्दा नगरपालिकाले पालिकाको कार्यालयमा एक औपचारिक कार्यक्रमका विच स्वागत गरेको छ । डाक्टर न्यौपानेले आफु स्वास्थ्य केन्द्रमा रहँदा सम्म आफ्नो सिप र क्षेमताले भ्याएसम्म दुर्गमका विरामीहरुको सेवामा निरन्तर लागिरहने बताएका छन् । पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तहका साथै छिमेकी जिल्ला मुगु र हुम्लाका विरामीहरु कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका छन् ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा हाल एमडिजिपी, स्त्रीरोग विशेषज्ञ लगायतका सेवाहरु संचालनमा छन् । बुढीनन्दा नगरपालिकाले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुको व्यवस्थापन गरेपछि अहिले जटिल खालका विरामीहरुको उपचार समेत कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा हुँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार