शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाद्धारा मिलमिलाप कर्तालाई क्षमता अभिवृद्धी तालिम

बुढिगंगा नगरपालिकाद्धारा मिलमिलाप कर्तालाई क्षमता अभिवृद्धी तालिम

  • शनिबार, चैत्र २५, २०७९
बुढिगंगा नगरपालिकाद्धारा मिलमिलाप कर्तालाई क्षमता अभिवृद्धी तालिम

बाजुरा–  बुढिगंगा नगरपालिकाले वडा स्तरका मिलमिलाप कर्ताको क्षमता अभिवृद्धी तालिम गरिएकाे छ । नगरपालिकाका १ देखी १० नम्वर वडाका मिलमिलाप कर्तालाई ८ दिनको क्षमता अभिवुद्धी तालिम दिएको बुढिगंगा नगरपालिका उप प्रमुख तथा न्ययिक समिति संयोजक माया खड्का कुवलले बताएकी छन ।
वडा स्तरमा आउने बिवादलाई वडा तहमै समाधानका लागी स्थानीय मेलमिलाप केन्दका मिलमिलाप कर्ताहरुलाई क्षमता अभिवृद्धी तालिम दिइएको उप प्रमुख कुवरले बताईन ।
क्षमता अभिवृद्धी तालिममा नगरपालिकाका १ देखी १० नम्वर वडाका ३० जना बढीलाई तालिम दिएको नगरपालिकाले जनाएकाे छ । चैत १७ गतेदेखी संचालन भएको तालिम  चैत २४ गते समापन भएको जनाएकाे छ । बुढिगंगा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक माया खड्का कुवरको अध्यक्षतामा संचालन भएको तालिमको प्रमुख प्रशिक्षक वरिष्ट अधिबक्त चुपबहादुर थापा र अधिबक्त बल्लु चौधरी रहेका थिए ।
तालिममा कुन योग्यता क्षेमता  भएको नागरिकले मिलमिलाप कर्ता हुन पाउने मिलमिलाप कर्ताले स्थानिय स्तरमा मिलमिलाप गराउदा अपनाउनु पर्ने मुख्य कुरा मिलमिलाप कर्ताले कस्ता खालका मुद्धा मिलमिलाप गराउन मिल्ने कानूनी ब्यवस्था के रहको छ जस्ता बिषय तालिममा समेटीएका थिए ।

चर्चामा

सम्बन्धित समाचार