बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • डम्मर बिश्वकर्माको लाेकगित धोकेबाज सार्वजनिक (भिडियो सहित)

डम्मर बिश्वकर्माको लाेकगित धोकेबाज सार्वजनिक (भिडियो सहित)

  • शुक्रबार, चैत्र २४, २०७९
डम्मर बिश्वकर्माको  लाेकगित धोकेबाज सार्वजनिक (भिडियो सहित)

बाजुरा — भाग्य लेख्ने भाबि ,मुटु बन्धकी , डढेलो , गाउ रमाइलो भाछ , पिर को भान्से , माया पैलाको , आयो दसै तिहार ,चिया मिठो चिनीले , तोरी बारी गैरी खेतैको , लगाएतका चर्चीत गितहरुमा शब्द तथा आवाज दिएका कलाकार डम्मर बिश्वकर्माको नया लोक तथा दोहोरी गित तिमी जस्तो धोकेबाज सार्वजनिक भएको छ । गितको रेकर्डिङ स्टडियो मालाश्रीमा रेकर्ड भएको गितमा बुह चर्चित कलाकार बिष्णु माझी तथा दुर्ग बिशीले आवाज दिएका छन् ।

बिमल अधिकार र कुमारी बराईलीको अभिनय रहेको गितको निर्देशन अमित बाबु रोकायाले गरेका छन् । विश्वकर्माको नया गितले पुराना प्रेमीको भेट पछिको कुराकानीलाई दर्शाएको छ । पुराना बाचा कसमहरुलाई पछिल्लो भेटमा याद गार पलका रुपमा ब्यक्त गरिएको छ । मायामा धोका पाएपछिको अनुभव र भोगाइलाई समेटेर शब्द सम्योजन गरिएको यो गितमा आफुले धेरै दर्शकहरुले सुन्ने अपेक्षा लिएको गायक एवम् सर्जक डम्मर बिष्वकर्माले बताएका छन् ।

करिव ३ दर्जन बढी गीतहरुमा शब्द संगीत गरि सकेका बिश्वकर्मा आफु आर्थिक अभावकै कारण गीत गाँउने चाँसो हुँदा हुँदै केही पछाडी धकेलिएको बताएका छन् । उनी बैदेशिक रोजगारकै शिलसिलामा मलेसियाबाट पनि गितहरु बनाउदै आएका थिए । मलेसियाबाटै गीत संगीतममा औापचारिक रुपमा पाइला टेकेको बिश्वकर्माले बताए ।

लोक तथा दोरोरी प्रतिष्ठना बाजुराका सचिव समेत रहेको बिश्वकर्मा पछिल्लो समय बाजुराको कला सस्कृति जर्गेना र बाजुरालाई कला सास्कृतिले बिश्वसामु चिनाउन गित संगित लेखनमा पोख्त बन्दै गएका छन् । कलाकार विश्वकर्मा बाजुराको नया पिडिका कलाकारहरुमा मिठो शब्द श्रृजना कोर्ने तथा आवाज दिन सक्ने राम्रो क्षमता राख्दछन् ।

चर्चामा

सम्बन्धित समाचार