• होमपेज
  • समाचार
  • बझाङ सदरमुकाम चैन्पुर नजिकै बसको ठक्करबाट बालकको मृत्यु

बझाङ सदरमुकाम चैन्पुर नजिकै बसको ठक्करबाट बालकको मृत्यु

  • शनिबार, चैत्र १८, २०७९
बझाङ सदरमुकाम चैन्पुर नजिकै बसको ठक्करबाट बालकको मृत्यु

अर्थ जङ्ग शाही/बझाङ — बसको ठक्करबाट सुर्मा गाउँपालिका – ३ का धनबहादुर बोहराको छोरा सरगम बोहराको मृत्यु भएको हो । सदरमुकाम प्रवेश गर्ने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सु प प्र ०२–००१ ख १११९ नम्बरको बसले शनिबार दिउँसो २ बजेतिर ठक्कर दिएको थियो। बसको ठक्करबाट सख्त घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका ५, का गणेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। दुर्घटनापछि घटनास्थल चौड बजार क्षेत्र तनावग्रस्त बनेको छ । पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार