शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • आगोले जलेकी बाजुरकी सुर्पनाको काठमाडौमा उपचार पछि सञ्चो

आगोले जलेकी बाजुरकी सुर्पनाको काठमाडौमा उपचार पछि सञ्चो

  • शनिबार, चैत्र १८, २०७९
आगोले जलेकी बाजुरकी सुर्पनाको काठमाडौमा उपचार पछि सञ्चो

बाजुरा–आगाले जलेकी बाजुराको जगन्नाथ गाउँपालिका ६ तल्लोकाप्री बस्ने ३९ बर्षिय सुर्पना दमाईको काठमाडौमा उपचार भएको छ । उनको एक महिना पाटन अस्पतालमा उपचार भएर सञ्चोपछि घर फिर्ता भएकि छन् ।
आगाले जलेको २ महिना सम्म पनि उपचार नभइ अलपत्र रहेको समाचार बडिमालिका खबर लगायत सञ्चारमाध्यममा प्रकाशित पछि उनको उद्धार भएको हो । सुर्पनालाइ बाजुरा देखी हवाइजहाज मार्फत काठमाडौ ल्याइएको थियो ।

समाचार प्रकाशित पछि काठमाडौमा रहेका  BVS-Nepal र Medical Rehabilitation Organization को सहयोगमा उपचार भएको हो । पाटन अस्पतालमा उपचार तथा औषधि खर्चको BVS-Nepal ले सहयोग गरेको थियो, भने समन्वय तथा सहकार्य र डिस्चार्ज पछि खान बस्नको ब्यबस्थापन Medical Rehabilitation Organization ले गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।

हात सञ्चो भएपछि एक महिनाको उपचार पछि उनलाइ बाजुरा पठाइएको छ । समाचार प्रकाशित उनको यातायाता खर्च, हवाइ भाडा तथा अन्य व्यबस्थापनमा पनि सहयोग भएको छ । जाङगु शेर्पा र जर्मन नागरिक Margarita Parrish Serrano ले ३० हजार, अमृत ढुगांनाले ५ हजार, मधु गुरुङ्ग ५ हजार, अनु लामाले ३ हजार सहयोग गरेका छन् ।

त्यस्तै मञ्जु गुरुङ्ग र खुशीमान गुरुङ्गले ८ हजार ६ सय ३९,  पवित्र गुरुङ्गले ३ हजार १ सय ४१,  बिष्णु गुरुङ्गले १० हजार, राजेन्द्र थापाले २ हजार १ सय र राजेन्द्र केसीले २५ सय सहयोग गरेका थिए । उनलाइ बाजुरा सम्म जाने खर्चको समेत ब्यबस्थापन भएको समाजसेवी मधु गुरुङ्गले वताएकि छन् । सुर्पनाको पुषमा आगोमा परेर उनले दायाँ हात खुट्टा जलेको थियो । खुट्टा सामान्य जलेको थियो, खुट्टा सञ्चो भइसकेको थियो । हात भने धेरै जलेकोले घाउ सञ्चो नभएर घाउ पुरै पाकिरहेको स्थानिय सुर्जा बुढाले वताएकि थिइन् ।

दुबै आँखा नदेख्ने सुर्पनाको खान पकाउने बेला चुलोमा परेर हात जलेको थियो । उपचार अभाबमा उनका हातका औलाहरु पुरै पाकेर गनाइरहेका थिए । दुबै आँखा देख्न नसक्ने भएकाले उनलाइ उपचारमा जान पनि निकै समस्या भएको थियो, समाचार प्रकाशित पछि उद्धार भएको स्थानिय सुर्जा बुढाले वताइन् ।

उनका श्रीमान जैमन दमाइ जेठी श्रीमतीलाइ उपचार गर्न मंसिर महिनामा काठमाडौ तिर आएका छन् । जेठी श्रीमतीको मृगौलामा समस्या भएको भन्दै उपचारका लागि काठमाडौ पुगेका थिए । जैमन पनि अशक्त तथा बिरामी रहेका छन् । जेठी श्रीमतीलाइ उपचारमा काठमाडौ ल्याएपनि कान्छि श्रीमती भने गाउँमै जलेर अलपत्र अबस्था रहेकी छन् । जेठी श्रीमतीलाइ रिन काढेर उपचारमा ल्याएपनि उनको पनि उपचार हुन सकेको छैन् ।

सुर्पना दमाई अहिले दुइवटै आँखा नदेख्ने भएकी छन । २०७९ असार महिना देखि एकाएक आँखा नदेख्ने भएकी थिइन् । टाउको बिरामी रहेकी थिइन्, त्यहि कारण हो वा अन्य कारणले हो असारमा एकाएक आँखा नदेख्ने भएको स्थानियले वताए । आँखा नदेख्ने भएकाले उनि चुलोमा परेर जलेको स्थानियले वताए ।

सुर्पनाको परिवारमा चरम खाद्य संकट भएको छ । तिन छोरा र सुर्पना गरि चारजना परिवारमा दैनिक छाक टार्न पनि निकै धौ धौ भएको छ । आँखा नदेख्ने भएपछि सुर्पना दमाई दिशापिसाब शरिरमै गर्ने गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार