शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कोल्टीमा जिप दुर्घटना हुँदा ७ जना घाईते

कोल्टीमा जिप दुर्घटना हुँदा ७ जना घाईते

  • शुक्रबार, चैत्र १७, २०७९
कोल्टीमा  जिप दुर्घटना  हुँदा ७ जना घाईते

बाजुरा   –       कोल्टीमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन ।

शुक्रबार   कोल्टीबाट धुलाचौर जादै गरेको  ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको  प्रहरीले जनाएकाे छ ।  ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटना भएको  हुन सक्ने इलाका प्रहरी कार्यलय कोल्टीले  जनाएकाे छ  ।

दुर्घटनामा परि   घाइते हुनेमा हिमाली गाउँपालिका ३ का वर्ष १६ बर्षका कार्चेन गुरुङ , वर्ष ११ का पासाङ गुरुङ, वर्ष ६७का दावा सान्पाङ्ग ,हिमाली सातका २२ वर्षका योग्यराज उपाध्याय  रहेका छन ।   त्यस्तै खत्याड गाउँपालिका ११ का वर्ष ७०कि रामदेवि शाही ,वर्ष २६ का परु शाही र गाडी चालक हेमराज तिमिल्सिना रहेका छ्न ।

गाडी चालक हेमराज तिमिल्सिनालाइ भने प्रहरीले नियन्त्रणमा लिएकाे बताइएकाे छ । घाइतेहरुको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको र घाइतेको अवस्था सामान्य रहेको कोल्टी प्राथमिक स्वास्थ्यका डा. रन्जित श्रेष्ठले जानकारी दिएका छन  ।  दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार