बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेपाल टेलिकमले सदरमुकाम बाहिर बुढीगंगा नगरपालिकामा फाइवर नेट जडान

नेपाल टेलिकमले सदरमुकाम बाहिर बुढीगंगा नगरपालिकामा फाइवर नेट जडान

  • शुक्रबार, चैत्र १७, २०७९
नेपाल टेलिकमले सदरमुकाम बाहिर बुढीगंगा नगरपालिकामा फाइवर नेट जडान

बाजुरा  –    नेपाल टेलिकम बाजुराले एक महिना अगाडी मात्र सदरमुकाम मार्तडीमा सुरु गरेको फाईवर नेट सेवा बुढिगंगा नगरपालिकामा पनि सेवा बिस्तार गरेको छ ।

\फाईवर जडान भएर संचालनमा आएपछि अनलाइन मार्फत हुने काम छिटो र छरितो हुने भएपछि कर्मचारी देखि स्थानिय खुशी भएका छन् । फाईवर सेवा बुढीगंगा नगरपालिकामा गएको स्थानिय निर्बाचनमा नया जनप्रतिनिधि निर्बाचित भएर आएपछि प्रकृया सुरु गरिएको थियो ।
यो भन्दा पहिले पालिकामा निजि कम्पनी वल्र्ड लिंक चडान गरिएको भएपनि सुवा राम्रो नहुदा सेवा ग्राही देखी अनलाईन काम गर्ने कार्यालय कर्मचारीले सास्ती भोग्दै आएका थिए ।
वल्र्डलिंक कम्पनीको नेट सेवाले काममा अवरोध गरेको, नियमित नभएको र दिने भनिएको डाटा प्याकेज समेत नदिएपछि पालिकाले नेपाल टेलिकमसँग सहकार्य गरेर फाइबर नेट जडान गरिएको सूचना प्रविधि अधिकृत खडक बहादुर बमले बताएका छन् । नेपाल टेलिकमसँग सिंगो पालिकामै फाइबर नेट सेवा जडान गर्ने गरि सेवा विस्तार गर्न लागिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । फाइबर नेट सेवा एक महिला अघि मात्रै बाजुरा सदरमुकाम मार्तडीमा
पहिलो चरणमा पालिकाका केन्द्र, वडा नम्वर ४, ५ फालासेन, काम्का बजारमा जगान थालिएको छ केही महिना भित्रै पालिकाका सबै वडामा सेवा बिस्तार गर्ने गरि नेपाल टेलिकमसंग कुरा भएको नगर प्रमुख रामबहादुर बानियाले बताए ।
बुढीगंगा नगरपालिकाले यस अघि मासिक ८ हजार तिर्ने गरि १ एमबिपीएस डाटामा चल्ने वल्र्डलिंक कम्पनीको इन्टरनेट चलाउने गरेको थियो । फाइबर नेट जडानसँगै मासिक खर्चमा पनि २ हजार ५ सय रुपैया बचत हुने भएको छ । पालिकाले ५ हजार ५ सय रुपैया मासिक तिर्ने गरि २५ एमबिपीएस गतिको डाटाको सेवा लिन सकिने पालिकाले बताएको छ । फाइबर नेट जडानसँगै पालिकाले अनलाइन सेवा थप प्रभावकारी रुपमा सञ्चालन हुने विश्वास लिएको छ ।

सबै वडामा विस्तार गर्ने र इबुढीगंगा सेवा सञ्चालनको तयारी पालिकाले गरेको छ । अनलाइन मार्फत नै सेवा सञ्चालन र विस्तार गर्ने नीति लिएको बुढीगंगाले बडीमालिका पछि फाइबर नेट सेवा जडान गर्ने दोस्रो पालिका बनेको छ ।
लेखा देखि अन्य सबै कामहरु अनलाइन मार्फत मात्रै गर्नु पर्ने हुँदा सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा दिन नेट सुविधा अनिवार्य नै बनेको छ । पहिलो पटक बाम्का बजार, बुढीगंगा नगरपालिका र ५ र ६ नम्बर वडा कार्यालयमा सेवा विस्तार गरिएको छ ।
फाइबर नेट सेवा विस्तार सँगै इमेल, इन्टरनेट सेवा पनि तिब्र गतिमा चल्ने गरेको सेवा ग्राहीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार