शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका चार स्थानिय तहमा रिया कार्यक्रम संचालन हुने

बाजुराका चार स्थानिय तहमा रिया कार्यक्रम संचालन हुने

  • बिहिबार, चैत्र १६, २०७९
बाजुराका चार स्थानिय तहमा रिया कार्यक्रम संचालन हुने

बाजुरा– बाजुरा जिल्लाका चार पालिकाहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा रिया कार्यक्रम (Reproductive Health & Rights for Accelerating Impacts – RHEA Program) संचालन गरिने भएको छ। जिल्लाका बडिमालिका नगरपालिका, बुढिगङ्गा नगरपालिका, बुढिनन्दा नगरपालिका र गौमुल गाउँपालिकामा सो परियोजना संचालन गरिने भएकाे हाे ।  रिया परियोजनाको परिचयात्मक कार्यक्रममा जानकारी गराइएको छ।

नर्वेजियन दुतावासको सहयोगमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) ले मधेश प्रदेशको रौतहट र सर्लाही तथा सुदूरपश्चिम प्रदेशको बझाङ्ग र बाजुरा जिल्लाहरुमा सो परियोजना सन् २०२३ देखि सन् २०२५ सम्म संचालन हुने जानकारी गराएको छ।

No description available.

तीनै तहका सरकारहरु सँगको समन्वय तथा सहकार्यमा संचालन हुने परियोजनाले सन् २०३० सम्ममा रोकथाम गर्न सकिने मातृ मृत्यु अन्त्य गर्ने, परिवार नियोजनको अपरिपूर्त माग अन्त्य गर्ने र महिला, बालिका र किशोरकिशोरी विरुद्ध हुने लैंगिक हिंसा तथा हानिकारक अभ्यासहरू अन्त्य गर्ने रुपान्तरणकारी लक्ष्यहरु प्राप्त गर्नका लागि सहयोगी भूमिका खेल्ने बिश्वास गरिएको UNFPA सुदुरपश्चिम कार्यालय प्रमुख कृष्ण प्रसाद भट्टराईले बताएका छन ।

जोखिममा रहेका महिला, युवा तथा किशोरीहरू, अपाङ्गता भएका व्यक्तिहरू र सीमान्तकृत समूहहरूको परिवार योजनाको अपरिपुर्त माग न्यूनीकरण गर्ने लक्ष्य लिएको परियोजनाले लक्षित वर्गको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि कानून, नीतिहरु, वित्तीय व्यवस्था र जवाफदेहिता सुदृढ बनाउन, अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सूचना र सेवाहरू प्रदान गर्न र सचेतना र सशक्तिकरण बढाउन योगदान दिने UNFPA का आत्माराम न्यौपाने र भरत गोतामेले बताए।
चार वटै पालिकाहरुमा आयोजित रिया परियोजना परिचयात्मक कार्यक्रममा बोल्नुहुदै बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानिया, बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक रोकाया तथा गौमुल गाउँपालिकाको उपाध्यक्ष्य सीता रोकायाले जनसंख्या तथा विकास सम्मेलन (ICPD) १९९४ को कार्ययोजना, दिगो विकास लक्ष्य तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिस्चितताको लागि नेपाल सरकारले गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्दताहरु हासिल गर्न रिया परियोजनाले महत्वपूर्ण योगदान दिनसक्ने र पालिकाको यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रवाहमा थप प्रभावकारिता आउने बताउदै परियोजनाका लक्ष्यहरु हासिल गर्नका लागि स्थानीय तहले साझेदारी र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्दता व्यक्त गरेका छन। ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA), स्वीस सरकार विकास सहयोग (SDC) र नर्वेजियन दुतावासको सहयोगमा लैंगिकतामा आधारित हिँसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोश्रो चरण (GBVPR II) पनि सन् २०२० देखि जिल्लाका बडिमालिका नगरपालिका तथा बुढिगङ्गा नगरपालिकामा कार्यान्वयनमा रहेको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) संयुक्त राष्ट्र संघको यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विशिष्टीकृत निकाय हो ।

चर्चामा

सम्बन्धित समाचार