शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • समृद्ध नेपाल ( कविता )

समृद्ध नेपाल ( कविता )

  • मङ्लबार, चैत्र १४, २०७९
समृद्ध नेपाल ( कविता )

खटनपटन मै देश ध्वस्त भयाे
किसान ले मल बीउ नपाएर
अात्महत्य गुर्नुपर्ने
गरिवहरु ले जिविका चलाउन नसकेर
रुखमा झुण्डिनु पर्ने
युवाहरु राेजगार नपाएर
खाडि मा तड्किनु पर्ने
यस्तो पनि
यिनिहरु ले बिकास भन्ने
यस्ताे लाई नि हामीले
समृद्ध नेपाल भनिदिनु पर्ने ?

सङघियताले देश चाैपट भयाे
अार्थिक दर कमजोर छ
यिनलाई मन्त्री र मुख्य मन्त्री पाल्ने पिर
सिंहदरबारको अधिकार
कार्यकर्ता र नेता ले सिमित राखे
याेजना अाउछ
कमिसन काे खेल
जनता लाई छैन
नुन र तेल
यस्तो लाई नि यिनले
बिकास भन्ने !
यस्तो लाई नि हामीले जवर्जस्त
समृद्ध भनिदिनु पर्ने!

प्रहरी प्रसाशन छ
न्याय छैन
नेपालि सेना छ
देशको सुरक्षा छैन
हजारौं हेक्टर जमिन
बिदेशी काे कब्जामा छ
कालापानी ,लिपुुलेख र लिम्पियाधुरा
सरकारले कागज मा टासेकाे छ
तर ,
हक अधिकार र हैकम
अर्कैकाे छ
देशदिन दहाडै लुटिएको छ
यस्तो लाई नि यिनले
बिकास भन्ने
हामीले जवर्जस्त
सुखि नेपाली स्विकार्नु पर्ने !?

दिन दहाडै
कञ्चनपुर मा गाेविन्दहरु मारिन्छन
हेर्दाहेर्दै धामी हरु लाई
महाकाली मा बगाउछन
बिशादि फलफूल र तरकारि
भान्सा मा पुर्याउने
जनताको स्वास्थ्य मा खेलवाड गर्ने
यस्तो लाई नि यिनिहरु
बिकास भन्ने
हामीले समृद्धि हाे भनी मान्नुपर्ने !!

देश बिदेशी रिणले डुब्याे
बिकास भ्यु- टावर मा कमिशन चल्छ
बाटो घाटाे सडक निकै जाेखिमपुर्ण छ
देश बिदेशि रअकाे कृडा स्थल बनेको छ
राजनीतिक ,सामाजिक र सास्कृतिक
हस्तक्षेप बढेकाे छ
छाडा संस्कृति
बिदेशि धर्म
हाेलि व्वाईन का एजेन्टहरु
यस्तो लाई नि यिनले बिकास भन्ने
यस्तो लाई नि हामीले
समृद्धि भनिदिनु पर्ने !

महङगि ,भस्टाचारले
देश डुवेकाे छ
हत्या हिंसा र बलात्कार ले देश
अाक्रान्त छ
हत्याराे लाई बचाउछ कानुन
निहत्था जनता लाई
दवाउछ कानुन
यस्तो पनि बिकास हुन्छ
यस्तै लाई दलाल शासक बिकास भन्छ।।

चर्चामा

सम्बन्धित समाचार