बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै

  • मङ्लबार, चैत्र १४, २०७९
सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै

सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबार छलफल गरेर आज बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । यसैगरी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित अन्य भागबन्डामा पनि प्याकेजमै सहमति गर्ने गरी छलफल अघि बढेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको संघ सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार