बाढी,पहिराे,खाेलानाला भुइचालो,काल धेक्नु नपडाै,
बाजुरामा याे बर्ष भयाकाे व्यथा ,हरसाल धेक्नु नपडाै,
महिलाका पिडा पुरुषले बुझुन,पुरुषका महिलाले,
कैलै झगडामा सासुबुहारीकाे,गालमुखाल धेक्नु नपडाै,
पल्लाघर मुखियाकाे छाेराे ,मुखियै नबन्यापन
राेडमा हिड्न्याँ मागेर खान्याँ ,कङ्गाल धेक्नु नपडाै,
मुखमा रामराम बगलीमा छुरा ,राेप्ने व्यवहारमा,
कसैले कसैलाई गर्याकाे ,अँगमाल धेक्नु नपडाै
जन्मिँदा आफू रुने दुनियाँ,हँसाउने बालककाे,
जिन्दगी बाँचुन्जेल सताउने दुखकाे,बगाल धेक्नु नपडाै।
गजल
लाज मान्या र लजाउन्या त,पहिला पहिला मात्रै हाे,
टिकटकमा फाेटा सजाउन्याँ त,पहिला पहिला मात्रै हाे,
एकै थालमा भात खान्याँ,हात तानीतानी आफू बस्याका,
चकटीमा बसाउन्याँ त,पहिला पहिला मात्रै हाे,
बिहे पछि त गधाजस्तै बन्नु पर्छ,आँखा जुझाइ,
हाँस्दा हाँस्दै रमाउन्याँ त,पहिला पहिला मात्रै हाे।
डबल बेड पनि घट्दै जान्छ ,समय बितेपछि,
एकै सिरकमा अटाउन्याँ त,पहिला पहिला मात्रै हाे।
रवरमा रङ मिसाई बनायाकाे चुइगम पनि ,
चपायापछि,रसाउन्याँ त ,पहिला पहिला मात्रै हाे।
गजल
मैले फाेन लगाउँदा रुँदै रुँदै,बाेल्न,लाग्याकी छ,
हुन त मैलै पठायाकाे पत्र खाेल्न ,लायाकी छ,
कस्ताे बाध्यता हाे कुन्नी जिन्दगीको उसैकाे,
बुझ्नै नसक्याँ आँशुमा बिष घाेल्न ,लाग्याकी छ,
भेट हुँदा भया गर्याका सबै कुणा,एक एक गरि
सम्झिँदै सम्झिँदै आज बटुल्न ,लाग्याकी छ,
लेख्याका कुणाले बिझ्याे कि, मुटुमा काँडा,
पढ्दै छु भन्दै त्यही पत्र पाेल्न ,लाग्याकी छ,
पत्र पाेल्याकाे धुवाँकाे सड्काे पस्याेकी,क्या हाे
पत्र पाेलिँदा पाेलिँदै ऊ ओखाल्न ,लाग्याकी छ,