बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश
  • राष्ट्रिय जनगणनाको परिणाम आज सार्वजनिक हुदै

राष्ट्रिय जनगणनाको परिणाम आज सार्वजनिक हुदै

  • शुक्रबार, चैत्र १०, २०७९
राष्ट्रिय जनगणनाको परिणाम आज सार्वजनिक हुदै

काठमाडौं  –    राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्ने सो कार्यालयले जनाएको छ।

२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको सो कार्यालयले जनाएको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताए। २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो।लामिछानेका अनुसार पूर्ण विवरण सार्वजनिक गर्दा जातजाति, भाषा र धर्मबाहेकका सबै विवरण सार्वजनिक हुनेछन्।

जातजाति, भाषा र धर्मसम्बन्धी विवरण सार्वजनिक गर्न तयारी नपुगेको र सरोकारवालासँग थप छलफल गर्न बाँकी भएकाले पूर्ण विवरणमा नआउने उनले बताए। पूर्ण विवरणमा भने लिङ्ग र उमेरअनुसारका विवरण, जन्म, मृत्यु, बसाइँसराइ, अपाङ्गता भएका व्यक्तिको विवरण, लैङ्गिक र अल्पसङ्ख्यक, कुल रोजगार र बेरोजगारको विवरण, नेपालमा भएका कुल घर र घरको प्रयोजनका बारेमा पूर्ण विवरणमा समावेश गरिनेछन्।

चर्चामा

सम्बन्धित समाचार