जन्मिन्छौं मर्छौं भौतिक सबैको खरानी हुन्छ,
जानेहरूको यादमा सधै रोइरहने बानी हुन्छ।
यहि त रहिछ मानिसको जिन्दगानी तेरो मेरो,
बाचुञ्जेल धनको मोह नी जानि-जानी हुन्छ।
बाँचि रहनछन् बिचार समाजमा राम्रा नराम्रा,
अबशेष त यो धर्तिमा तेरो-मेरो कहानी हुन्छ।
खै मनपरी आँमाको काखमा खेल्न नपाउँदा,
किन नेपाली छोराको हातमा राहधानी हुन्छ।
उहिल्यै आँमाको काख छाडेर जाँदा खुब रोए,
आँमाले छाडि जाँदा सधै आँखामा पानी हुन्छ।
जिवित छँदै चिनौ आ आफ्नो कर्तव्य हामिले,
मरेपछिको उपचार गर्नु त हाम्रो नादानी हुन्छ।