शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

  • बिहिबार, चैत्र ९, २०७९
वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताए । उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो । उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार