शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बुढीनन्दा क्याम्पसमा निर्वाचन प्रक्रिया सुचारू गर्न तीन भातृ संगठनको माग

बुढीनन्दा क्याम्पसमा निर्वाचन प्रक्रिया सुचारू गर्न तीन भातृ संगठनको माग

  • मङ्लबार, चैत्र ७, २०७९
बुढीनन्दा क्याम्पसमा निर्वाचन प्रक्रिया सुचारू गर्न तीन भातृ संगठनको माग

बाजुरा — बुढीनन्दा नगरपालिका वडा नं २ मा रहेको बुढीनन्दा क्याम्पस कोल्टीमा स्थगित गरीएको स्ववियु निर्वाचनलाई सुचारु गर्न तीन दलिय गठबन्धनले माग गरेको छ । चैत्र ५ भएको स्ववियु निर्वाचन अन्र्तगत बुढीनन्दा क्याम्पसमा झडप हुँदा स्थगित भएको निर्वाचन पुन सुचारु गर्न तीन दलिय गठवन्धनले विज्ञप्ती मार्फत माग गरेको हो ।

संयुक्त विज्ञप्ती जारी गर्दै नेपाली काग्रेस निकट नेविसंघ, नेकपा माओदावि केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एकिकृत समाजवादि निकट अनेराश्ववियूले स्थगित भएको निर्वाचन तत्काल सुचारु गर्न माग गरेका हुन् ।
देशैभरी स्ववियु निर्वाचन सम्पन्न गर्ने गरी घोषणा गरीएका क्याम्पसहरु मध्य बुढीनन्दा क्याम्पस कोल्टीमा विद्यार्थीहरुले आफ्नो स्वविवेक प्रयोग गरी निर्वाचन भईरहेको समयमा झडप नेकपा एमाले निकट अनेराश्ववियु सर्मथकले निर्वाचन विथोल्ने प्रयास गरेको भन्दै संयुक्त गठवन्धनले आपत्ती जनाएको हो ।

तीन दलिय गठबन्धनले संयुक्त विज्ञप्ती जारी गर्दै स्ववियु निर्वाचनलाई अबिलम्व सुचारु गर्न क्याम्पस प्रशासन र निर्वाचन मण्डललाई जोडदार माग गरेको छ । तमाम विद्यार्थीहरुको संघर्षबाट स्थापति स्ववियु निर्वाचनलाई मर्यादित, व्यवस्थित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन जिल्लाका सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

स्थगित गरिएको निर्वाचन पुन सञ्चालन नभएको खण्डमा थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने चेतावनी दिएको छ । जसमा पुर्णरुपमा स्थगित भएको स्ववियु निर्बाचन पुन सूचारु गरी विद्यार्थीको मताधिकार प्रयोग गर्न, क्याम्पस जस्तो पवित्र संस्थामा हातहतियार, खुकुरी, ढङ्गा, मुडा प्रहार गरी क्याम्पस लगाएत सरकारी कार्यालय तोडफोड गर्ने अनेरास्ववियु एमालेका कार्यकर्ता र बुढीनन्दा नगरपालिकाका कर्मचारीलाइ तत्काल कानुनको दाहेरामा ल्याइ कार्वाहि गर्न माग गरेको छ ।

विज्ञप्ती मार्फत उल्लेखित मागहरु पुरा नभए सम्म तीनवटै विद्यार्थी संगठनले क्याम्पसमा लगाएको ताला जारी रहने चेतावनि दिदै उक्त घटना प्रति घोर भत्र्सना गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार