• होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे बुढिनन्दा नगरपालिकामा कर्फ्यु

बाजुराकाे बुढिनन्दा नगरपालिकामा कर्फ्यु

  • आइतवार, चैत्र ५, २०७९
बाजुराकाे बुढिनन्दा नगरपालिकामा कर्फ्यु

बाजुरा —  बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिका वडा न १ र २ मा कर्फ्यु लगाएकाे छ । आईतबार दिउसाेँ (स्ववियु) निर्वाचनका क्रममा स्थिति तनावग्रस्त हुदाँ रातिकाे समयमा थप घटना घट्न सक्ने भन्दै कर्फ्यु लगाएकाे जिल्ला प्रहरी प्रमुख कबिन्द्रसिहं बाेहराले बताएका छन । बुढिन्नदा नगरपालिका १ र २ मा आज राति ७ बजे देखि भाेली बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । बाजुराकाे बुढिनन्दा क्याम्पसमा आज दिउसाे दुई बिध्यार्थि संगठन बिच झडप प्रहरीले २४ राउण्ड हवाई फाएर गरेकाे थियाे । झडपले ठुलाे रूप लिन खाेज्दा नेपाल प्रहरीले अश्रु ग्यास र २४ राउन्ड हवाई फाएर गरेर भिड नियन्त्रण गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । हवाई फाईर पछि पुन संचालन भएकाे मतदान २ घण्टादेखि स्थगित गरिएकाे छ । नेविसंघ लगायतकाे गठबन्धनका बिध्यार्थीहरूले खुकुरी देखाउदै निर्वचान भाड्न खाेज्दा भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेकाे प्रहरी प्रमुख बाेहराले बताए । अहिले सम्म ४ सय १२ मतदाता रहेकाे बुढिन्नदा क्याम्पसमा २सय ५३ मत खसेकाे जनाएकाे छ । पुन मतदानका लागि सयुक्त गठबन्धन र अनेरास्ववियु बिच बैठक बसिरहेकाे क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को  बाजुराकाे बुढिन्नदा क्याम्पसमा मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएकाे र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएकाे प्रहरीले जनाएकाे छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जना मतदाता रहेका छन । ३ बजेपछि मतदान राेकिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार