शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • तोड्यौं रूढिवादी सामाजिक जञ्जिर

तोड्यौं रूढिवादी सामाजिक जञ्जिर

  • आइतवार, चैत्र ५, २०७९
तोड्यौं रूढिवादी सामाजिक जञ्जिर

तोड्यौं रूढिवादी सामाजिक जञ्जिर हामी,
भौतिकवादी बन्नुपर्छ नसरापौं तक्दिर हामी।

यो देश गरिब हुँदैहोइन बनाए दलालहरू ले,
जोगाउँ अस्तित्व तोडेर यो रिनकै भिर हामी।

फिर्ता गराउँ एमसीसी/संघियता देशभक्त हो
साम्राज्यबादको अगाडी नझुकाउँ सिर हामी।

देशलाई खरानी पार्नथाले नव लैण्डुवहरूले,
शङ्घर्ष गरौँ न बेचौं यो आफ्नो जमिर हामी।

बाँचनु पनि के बाँचनु कायर भई बहादुरहरू,
एक दिन त अवस्य मर्नै पर्नेछ आखिर हामी।

थाहा थिएन सधै समाजिक बनेर गयोचोला,
अपच हुन्छ थोरै राजनीति नमानौँ पिर हामी।

चर्चामा

सम्बन्धित समाचार