बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा लाल बहादुर खड्का चयन

नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा लाल बहादुर खड्का चयन

  • शनिबार, चैत्र ४, २०७९
नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा लाल बहादुर खड्का चयन

बाजुरा — नेकपा माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा लाल बहादुर खड्का निर्बिरोध चयन भएका छन । शुक्रबार भएको चौथो जिल्ला अधिबेशनको भेलाले अध्यक्षमा खड्का सहित १५ सदस्यिय समिति गठन गरिएको दिपक बुढाले बताएका छन ।
उपाध्यक्षमा हर्क बुढा, सचिव दिपक बुढा, कोषाध्यक्ष बसन्ता कुमारि ल्वार, सदस्यमा अम्बिका शाही लगायत १५ सदस्यि समिति चयन गरिएको संगठनका सचिव दिपक बुढाले जानकारी दिएका छन ।
त्यसै गरि महाधिवेशन पर्तिनिधिमा सिद्ध राज जोशिलाइ निरबिरोध निर्वाचित गर्दै भेला सम्पन्न भएको बुढाले बताएका छन । केन्द्रीय प्रतिनिधी सिद्धराज जोशीको अध्यक्षतामा संचालन भएको अधिबेशनको प्रमुख अतिथि बलदेव कपाडी रहेका थिए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका  सुदुर पश्चिम प्रदेश कमिटि कोषाअध्यक्ष नेता कमल शाह बिषिष्ठ अतिथी रहेकी थिइन । कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता तथा कार्यक्रता र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार