• होमपेज
  • बाजुरा बिशेष
  • उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन अनिश्चित

उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन अनिश्चित

  • मङ्लबार, फाल्गुन ३०, २०७९
उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन अनिश्चित

बाजुरा — उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन अर्काे सुचना नआए सम्मका लागि स्थगित गरिएकाे छ । साेमबार हुने भनिएकाे मतदानमा संघकाे आन्तरिक समस्यका कारण अनिश्चित स्थगित गरिएकाे निर्वाचन समितिका मुख्य निर्वाचन अधिकारी पुर बहादुर रावतले बताएका छन ।  उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन तालिका अनुसार २ पदका लागि निर्वाचन हुने जनाएकाे छ । मुख्य निर्वाचन अधिकारी पुर बहादुर रावतका अनुसार  सार्वजनिक गरिएको सुचनामा दुइ पदकाे चुनाव हुने जनाएकाे छ  ।

  २२ औँ बार्षिक साधारण सभा तथा सातौँ जिल्ला अधिबेशन लागि निर्वाचन तालिका अनुसार महासचिव र सचिव ‍पदकाे निर्वाचन तालिकामा उल्लेख गरिएकाे छ । लामो समय देखी बिवादलाई मिलाउने प्रयासमा रहेको समतिको टुगाेँ नलागेपछी महासचिवमा रम बहादुर शाही र गाेपाल कार्कीकाे उम्मेदवारी रहेकाे निर्वाचन कमिटीले जनाएकाे छ । त्यसै गरी सचिवमा देबेन्द्र नाथ, नन्दलाल बाेहरा र ज्ञान बहादुर थापा बिच मतदान हुने भएको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि आईतबार ५ बजे देखी निर्वाचन गतिबिधी संचालन भएको पनि अर्काे सुचना जारी नभए सम्मका लागि निर्वाचन कार्य स्थगित गरिएकाे मुख्य निर्बाचन अधिकारी पुर बहादुर रावतले बताएका छन । एक बर्ष देखी बिबादमा रहेको पदाधिकारी छनौटमा सहमती नभएपछि मतदान हुने उद्योग बाणिज्य सघं बाजुराले जनाएको छ ।

अध्यक्ष लगायतका केही पदहरुमा भने निर्बिराेध भइसकेकाे निर्वाचन कमिटीले जनाएकाे छ । जसमा अध्यक्षमा देब बहादुर राेकाया, प्रथम उपाअध्यक्षमा चक्र बहादुर राेकाया, द्धितिय उपाअध्यक्षमा तुला बहादुर राेकाया, काेषाअध्यक्षमा हंस बहादुर सिंह, बरिष्ठ सदस्य सुरेन्द्र नाथ लगायतका पदहरुमा निर्बिराेध निर्वाचित भइसकेकाे निर्वाचन कमिटीले जनाएकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार