• होमपेज
  • समाज
  • कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

  • मङ्लबार, फाल्गुन ३०, २०७९
कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

धनगढी  –     कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा तनबिर अन्सारीका १८ महिने छोरा हरिशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक टीकापुर नगरपालिका–२ बस्ने ४५ वर्षीय पर्शुराम चौधरीले स्थानीय अलीआस अन्सारीको घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार