• होमपेज
  • राजनीति
  • उपराष्ट्रपतिमा जसपाकी उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने

उपराष्ट्रपतिमा जसपाकी उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने

  • आइतवार, फाल्गुन २८, २०७९
उपराष्ट्रपतिमा जसपाकी उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने

काठमाडौं         –    जनता समाजवादी पार्टी(जसपा)का सांसद् तथा उपराष्ट्रपतिकी उम्मेद्‍वार प्रमिला कुमारी यादवले आफ्नो उम्मेद्‍वारी फिर्ता लिने भएकी छिन्। उपराष्ट्रपतिमा जसपाबाटै अर्का उम्मेद्‍वार रहेका रामसहाय प्रसाद यादवको निर्वाचन आयोगले उम्मेद्‍वारी कायम राखेसँगै प्रमिलाले उम्मेद्‍वारी फिर्ता लिने भएकी हुन्।

प्रमिलाले उम्मेद्‍वारी फिर्ता लिने तयारी भइरहेको जसपाका सांसद्‍ प्रदिप यादवले बताएका छन्। जसपाले शनिबार उपराष्ट्रपतिमा १ महिला र १ पुरुष गरी २ जनाको उम्मेद्‍वारी दर्ता गराएको थियो।

उम्मेद्‍वारी दर्ता गराएपछि रामसहायविरुद्ध २ जनाको उजुरी परेको थियो। सोही विषयमा आइतबार रामसहायले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिखित जवाफ पेश गरेका थिए।

उनीविरुद्ध एमालेबाट उपराष्ट्रपतिका उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेद्‍वार ममता झाले उपराष्ट्रपतिमा महिला हुनपर्ने भन्दै अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

जसपाबाहेक एमालेबाट शाक्य र जनमतबाट झा गरी उपराष्ट्रपतिमा जम्मा ४ जनाको उम्मेद्‍वारी परेको थियो। निर्वाचन आयोगको उम्मेद्‍वारहरुलाई आज उम्मदवारी फिर्ताको मौका दिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।

चर्चामा

सम्बन्धित समाचार