शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ हुँदै, अन्तिम नामावली आजै प्रकाशन हुने

उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ हुँदै, अन्तिम नामावली आजै प्रकाशन हुने

  • आइतवार, फाल्गुन २८, २०७९
उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा जाँचबुझ हुँदै, अन्तिम नामावली आजै प्रकाशन हुने

उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरेका थिए

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी दर्ता भएको छ । एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छिन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ मा हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार