शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • उपराष्ट्रपतिमा जसपाकै प्रमिला कुमारीको पनि उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा जसपाकै प्रमिला कुमारीको पनि उम्मेदवारी दर्ता

  • शनिबार, फाल्गुन २७, २०७९
उपराष्ट्रपतिमा जसपाकै प्रमिला कुमारीको पनि उम्मेदवारी दर्ता

 काठमाडौं  –    उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । तर राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्ने संवैधानिक व्यवस्थाको व्याख्याका क्रममा फरक फरक धारणाहरु सार्वजनिक भएका छन् ।

कतिपयले राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने धारणा राखेका छन् । सोही कारण जसपाले राम सहाय यादव र प्रमिला कुमारी गरी महिला र पुरुष दुबै उम्मेदवार खडा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार