• होमपेज
  • राजनीति
  • अनेरास्ववियुको प्रतिवद्धतापत्र सार्वजनिक– शिक्षामा सबैको पहुँच र गुणस्तरीय शिक्षामा जोड

अनेरास्ववियुको प्रतिवद्धतापत्र सार्वजनिक– शिक्षामा सबैको पहुँच र गुणस्तरीय शिक्षामा जोड

  • शुक्रबार, फाल्गुन २६, २०७९
अनेरास्ववियुको प्रतिवद्धतापत्र सार्वजनिक– शिक्षामा सबैको पहुँच र गुणस्तरीय शिक्षामा जोड

काठमाडौं –     नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । अनेरास्ववियुले आगामी चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरे ।

अनेरास्ववियुले शिक्षामा सबैको पहुँच र निरन्तरता, गुणस्तरीय शिक्षा, परीक्षा प्रणालीमा सुधार, शैक्षिक प्रशासन सुधार, रोजगारमूलक शिक्षा लगायतका प्रतिवद्धता सार्वजनिक गरेको छ ।

अनेरास्ववियुको मुख्य प्राथमिकता अनिवार्य र निःशुल्क माध्यमिक शिक्षा, अनुसन्धानमूलक शिक्षा लगायत २३ वटा प्राथमिकता रहेका छन् । साथै देशभरका ७७ वटै जिल्लामा कम्तिमा एक वटा त्रिविको आंगिक क्याम्पस स्थापनाको लागि पहल गर्ने पनि अनेरास्ववियुले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार