काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज विहान सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बसेको पार्टी सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेकी श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपराष्ट्रपति चयनका लागि आगामी चैत्र ३ गते निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको उम्मेदवार जनता समाजवादी पार्टीले पनि उम्मेदवार तय गरिसकेको छ । जसपाले जसपा संसदीय दलको नेतासमेत रहेका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।