नारी दिवस किन मनाईन्छ ?

  • बुधबार, फाल्गुन २४, २०७९
नारी दिवस किन मनाईन्छ ?

सरिता थापा
पैरवी तथा साझेदार अधिकृत्त सहास नेपाल जात २ वटा नर–नारी तर नारीलाई बच्चा जन्माउने मेसिककै रुपमा हेरीनु नारी भएकै कारण हरेक विभेद गरिनु आदि कारणले महिला सशक्तिकरणको मुद्धालाई उजागर गरेर नर र नारी एउटा रथका २ वटा पाङग्रा हुन भन्ने कुरालाई आत्मसाथ गर्दै नारिदिवस मनाईदै आएको हो ।
संयुक्त राष्ट्रसंघको सन १९०९ अर्थात बि.स. २०६६ देखी महिलामा हरेक प्रकारको जागरण ल्याउने पीछडीएको अनुभुति नहोस भन्नका लागि यो दिवस मनाउदै आएको हो । आमाको काख दिदि बहिनीको स्नेह श्रीमती अनि मायालुको माया यी सबै नारी पक्ष अनि यीनको प्रगाढ मायाको पछौरी शित एउटा पुरुषको जीवनका हरेक अभावहरु चलायमा हुन्छन् । या दिवस महिला जागरण दिवस हो ।
मार्च ८ मे यो दिवस किन माईन्छ ? सुरुवात किन ?
यो दिवस मज्दुर आन्दोलनको उपज हो । यसको उत्पती विजारोपण १००८ मा भएको थियो । जव १५ हजार भन्दा बढी महिलाहरुले न्यूवर्क सहरमा जुलुस निकाले आफ्ना काम गर्ने घण्टा कम गर्दै सडकमा ओर्लिएका थिए । उचित पारिश्रमिक दिन र मतदानमा आफ्नो अधिकारको माग गरेका थिए । यस आन्दोलनको १ बर्ष पछि अमेरीकाको सोशलिष्ट पाटिले महिला दिवसको घोषण गर्यो ।
सान १९१० मा कोपन हेगनमा कलारा जेटकिनले एक महिला अन्तराष्ट्रिय कन्फेरेन्सका क्रममा अन्तराष्ट्रिय महिला दिवस मनाउने सुझाव दिएकी थिईन । उक्त कन्फेरेन्समा १७ देश भन्दा बरी देशका महिला सहभागी रहेको थिए । यसको समर्थन सबै देशका महिला हरुले गरेका थिए । यसको पहिलो बर्ष सन १९११ मा डेनर्माक, अष्ट्रिया, जर्मनी र स्वीजल्यान्टमा महिलाले दिवस मनाएका थिए ।
कलराले ८ मार्च मै यो दिवस मनाउने कुनै मिति तोकिएको थिएन । सन १९१७ मा आन्दोलनको क्रममा रुसमा महिलाहरुले व्रेड एण्ड पिस अर्थात खाना र शक्तिको माग महिलाको हडतालले सम्राट निकोलसले पद नै छोड्नु परेको थियो । यस पछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दिएको थियो । त्यस वेला रुसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । उनीहरुको आन्दोलन शुरु भएको दिन फेव्ररी २३ थियो भने ग्रेगेरीयन क्यालेन्डर अनुसार सो दिन मार्च ८ थियो । यसरी यसै दिन यो दिवस मनाउन थालिएकउो हो र तर संयूक्त राष्ट्र सघले सन १९७५ मा मात्र आधिकारीक मान्यत दिएको थियो ।
त्यसपछिको बर्षबाट मात्र यो दिवस प्रत्येक बर्ष मनाउन थालिएको हो । देशमा धेरै मात्रामा बलत्कार अपराध जर्वजस्तीकरणी यौन हिंसा महिला हिंसा एसिड आक्रम लगाएतका घटना भईरहेका छन् । अधिकाँस घटनाको दोषी पत्ता लयाउन नै सकेको छैन । देशमा तथा बिश्वमा प्रत्येक दिन ६ जना महिला माथि कुनै न कुनै प्रकारको हिंसा भई रहेको अवस्था छ । ती नारीले न्याय पाएको भए अझै उत्सवमय हुन्थ्यो नारी दिवस । तर बिडम्वना नाताबाद सत्ताशक्ति र कृपावादको कारणले कतिपय घटनाहरु त समाजमा दवाउने गरिन्छ । यदि यसो नभएको भए निर्मला पन्त भागरथी भट्ट लगाएतका नारी माथिको हत्यारा र बलत्कारीलाई सार्वजनिक गर्न नसक्नु कुन अर्थमा बुझ्ने हामीले ? के देशमा न्याय हराएकै हो ? यदि छैन भने खै त पीडितले न्याय पाएको । यदि यो बिरोध सभा र्याली जुलुस तर बिडम्बना गरिएन हत्यारा सार्वजनिक र्फिता पाएन परिवारले छोरी तर पनि हत्यारालाई सजाए दिएन । छोरीले न्याय पाउनु पनि अन्याए पाएको विरुद्ध न्याएको क्षित हो ।
नेपालको संविधान २०४७ अनुसार कुनै पुरुषले महिला माथि कुनै प्रकारको हिंसा पाउदैन । ३५ बर्ष बर्ष अविवाहित रहिन भने अंशको उति नै हिस्सा मिल्नु पर्छ भन्ने नियम बनाईएको थियो । यो नियमलाई बि.स २०६३ मा छारीलाई छोरा जस्तै समान अंश मिल्छ कोही महिलाले सम्बन्ध बिच्छेद गरेको खण्डमा श्रीमानको सम्पतिको ५० प्रतिशत अंश पाउछन् । नेपालको संविधानमा नै ३३ प्रतिशत महिलाको सुनिश्चितता हुने उल्ले गरिएको छ । प्रतिशतात्मक सोच र धर्म सस्कारका कारण सयौ बर्ष देखि चलि आएको चलन हाम्रो समाजको विभेदकारी ब्यवहार यर्थाथ नै हो । लैंगिक विभेदले शोषण र हिंसाका घटनालाई मलजल गर्छ भने महिलाको अवस्थालाई असर पुगाएको देखिन्छ । यसता घटनाले महिलको आर्थिक सामाजिक तथा राजनैतिक अवस्थालाई कमजोर बनाउछ र समतामुलक दिगो राष्ट्रिय बिकासका लागि पुरुष सरह महिलाको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ ।
यीनै असमानतालाई मध्यनज गरि समानता न्याय, शान्ति र विकासशका लागि प्रारम्भ गरिएको अभियानको स्मरण गर्दै ८ मार्चलाई बिशेष महत्व दिई बिश्वभर यो दिवस मनाउदै आउको छ ।
पुरुषको तुलनाको जम्मा ५१,५० प्रतिशत रहेपनि महिलालाई पुरुष विचको ठुलो बिभेदको खाडल भने याथावत नै छ । याहाको सामाजिक आर्थिक शैक्षिक राजनैतिक प्रशासनिक लगाएतका क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुच न्यादै न्यून रहेको छ । सामाजिक सस्कार विवाह ब्रतबन्द न्वारन भोजमा छोराको महत्व अहिले पनि समाजको चित्रण यर्थाथ नै छ । यसमा महिलाको बिकास हुन सकेको छैन ।
लैंगिक बिभेदका कारण हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता नहुनु अवसरबाट बन्चित छन् । पुरानो सस्कार अनुसार पालिकामा बजेट बिनियोजन हुनु महिलाको योजना अनुसार कार्यक्रम नहुनु लगाएतका अवस्थाबाट महिला अझै पनि पछाडी पारिएको वर्तमान समयको यर्थाथ चित्रण हो । नेपालको संबिधानको कितावको पानामा महिला अधिकारका समान अधिकार सम्बन्धि बिभिन्न सम्मेलन गरिएकै छन् । पूरुष महिला समान भनिएकै छन् । माथिका कार्य सरकारी देखि गैरसरकारी निकाएले नारीलाई पुरुष सरह रहेक क्षेत्रमा पहुच र निमन्त्रणाको अवसर सुनिश्चिता गर्नु पर्छ भनेता पनि अझै अर्थपूर्ण सहभागिताको कालो खोडल भने सेतो हुन बाकी नै देखिन्छ ।
खाडल सेतो बनाउन हरेक स्थानिय तहले महिला लक्षित कार्यक्रम ल्याउने योजना बनाई योजनालाई पूर्णता दिने बर्तमान समयको माग अनुसार बैज्ञानीक युगसंग महिलाको कार्यक्षमतालाई अवसर दिने खालका क्रियाकलापमा जोड दिए आत्मनिर्भर मुखी योजनामा आधारित क्रियाकलाप संचालन परिनु पर्छ । यसो गरे दक्ष र क्षमतावान नारि छोरी वन्न सक्छ । नारिको भक्ति भावको रुपमा पुरुषको अभय फैलिई दिगो समतामुलक अर्थपूर्ण र समृद्धि देश अनि राष्ट्र भन्न सक्छ ।

चर्चामा

सम्बन्धित समाचार