• होमपेज
  • राजनीति
  • दुई–दुई कार्यकाल महिला राष्ट्रपति पाउनु मुलुककै गौरव होः एमाले सचिव

दुई–दुई कार्यकाल महिला राष्ट्रपति पाउनु मुलुककै गौरव होः एमाले सचिव

  • बुधबार, फाल्गुन २४, २०७९
दुई–दुई कार्यकाल महिला राष्ट्रपति पाउनु मुलुककै गौरव होः एमाले सचिव

काठमाडौं –     नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले नीति निर्माणको तहमा मात्र होइन, नेतृत्वमै पुग्नु महिला आन्दोलनको विशेष उपलब्धि भएको बताएकी छन् ।
‘हामीले संविधानमै समानताको ढोका खोलेका छौं । हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेका छौं । त्यसैले महिला नीति निर्माण तहमा मात्र होइन, नेतृत्व तहमा पनि पुगेका छन् । महिला सभामुख, प्रधानन्यायाधीश, मन्त्री मात्र होइन, दुई-दुई कार्यकालको राष्ट्रपति महिला बनाएका छौं ।
एमाले सचिव अर्यालले महिलाहरु बिस्तारै प्रधानमन्त्री बन्ने दिशातिर उन्मुख हुने पनि औंल्याइन् । उनले भनिन्, ‘महिलाहरु प्रधानमन्त्री मात्र होइन, हरेक ठाउँको नेतृत्व गर्न सक्षम छन् । गाउँगाउँमा जागरण आएको छ ।’
महिला हिंसा किन बढिरहेको छ भन्ने प्रश्नमा अर्यालले भनिन्, ‘हिजो घटना दबेर बस्थे भने आज उजागर हुन थालेका छन् । यसमा सञ्चारको भूमिका छ । समाजलाई सुसंस्कृत, जिम्मेवार र अनुशासित बनाउन सकिएको छैन । भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा अपराधीले उन्मुक्ति पाएका छन् । यसमा सरकार मात्र होइन आम नागरिक पनि सचेत हुनुपर्ने बेला आएको छ ।’

चर्चामा

सम्बन्धित समाचार