शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा बनेका स्वास्थ्य संस्थाका भवन सञ्चालन नआएर अलपत्र

बाजुरामा बनेका स्वास्थ्य संस्थाका भवन सञ्चालन नआएर अलपत्र

  • बुधबार, फाल्गुन २४, २०७९
बाजुरामा बनेका स्वास्थ्य संस्थाका भवन सञ्चालन नआएर अलपत्र

बाजुरा–बाजुरामा शुदुरपश्चिम प्रदेश सरकार बाट स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका ठाँउमा स्वास्थ्य भवन निर्माण गरेको छ । भवन निर्माणका बेला स्थानिय सरकारको समन्वयमा स्वास्थ्य संस्थाका भवन निर्माण भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्दले वताएका छन् ।

बुुढिगंगा नगरपालिका ९ जुवापानिमा २ सय मिटरको दुरीमा प्रदेश सरकारको लगानिमा फरक फरक बर्ष दुई वटा स्वास्थ्य संस्था निर्माण भए । तर दुबै सञ्चालनमा आउन सकेका छैनन् । भवन निर्माणको बेला नगरपालिकाले स्वास्थ्य कार्यलय बाजुरामा कर्मचारी राखेर सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको भएपनि तर सञ्चालनमा आएको छैन् । एक त दुइवटा भवन एउटै ठाउँमा नबनाउनु पर्ने बनाइहाल्यो थियो सञ्चालनमा ल्याउनुपर्ने स्थानिय जनक बहादुर सिंहले वताएका छन् । योजना पनि वडा पालिका बाट सिफारिस तथा छनोट नभएर सिधै प्रदेश बाट आएको स्थानियले वताए ।

एउटै ठाउँमा आर्थिक बर्ष ०७६।०७७ मा डाडेओंखल प्रसुती केन्द्रको भवन निर्माण भनेर २५ लाखमा भवन निर्माण भयो । आर्थिक बर्ष ०७७।०७८ जुवापानी स्वास्थ्य चौकी भनेर १५ लाखमा अर्को भवन निर्माण भयो । नाम फरक भएपनि दुबैको दुरि २ सय मिटर भन्दा पनि कम छ । राज्यको लगानि एकातिर भइरहेको छ, अर्को लगानि बालुवा पानि हाले सरह भएको छ । सोही वडामा आर्थिक बर्ष ०७७।०७८ देवलसेन सहरी स्वास्थ्य केन्द्र भनेर बासुरे गाउँमा १५ लाखमा निर्माण भयो, तर त्यहाँ पनि सञ्चालनमा नआएर भवन अलपत्र अबस्था रहेको छ ।
बुढिगंगा नगरपालिका शुदुरपश्चिम प्रदेश सरकार बाट ३ बर्षमा ७ वटा स्वास्थ्य चौकिका भवन निर्माण भए, तर कुनैमा पनि स्वास्थ्यकर्मी राखेर सञ्चालन नआएको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताए । आवश्यकता भन्दा पनि पहुँचको आधारमा र कमिसनले आएका योजनाहरु हुन्, अर्को नगरपालिकाले पनि ठोस योजना नभएकाले पनि भवन अलपत्र रहेको शाहले वताए । योजना आउछन्, तर त्यहाँ आबश्यक हो या हैन्, सञ्चालन हुन्छ या हुन्न कुनै योजना विना आएको परिणामले अलपत्र रहेको स्वास्थ्यकर्मी बताउछन् ।
शुदुरपश्चिम सरकार बाट अहिले सम्म ३८ वटा स्वास्थ्य चौकी निर्माण गरेको छ । आर्थिक बर्ष ०७५।०७६ मा १९ वटा, ०७६।०७७ मा ९ वटा र ०७७।०७८ मा १० स्वास्थ्य संस्था निर्माण गरेको हो । संस्था स्वास्थ्य कार्यलय बाजुरा बाट स्थानिय तहको सहकार्यमा निर्माण भएका हुन् । निर्माण भएका अधिंकाश भवन सञ्चालन नभएर अलपत्र रहेका छन् ।

स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्दले भने स्थानिय तहले स्वास्थ्यकर्मी ब्यबस्थापन गर्ने प्रतिबद्धता गरेर मात्र भवन निर्माण गरेका हौ, तर धेरै ठाउँमा सञ्चालनमा नल्याएको चन्दले वताए । स्वास्थ्य संस्था निर्माण गर्न स्थानिय सरकारको भुमिका हो, तर सञ्चालनमा नल्याउनु स्थानिय तहको कमजोरी रहेको चन्दले थपे ।

चर्चामा

सम्बन्धित समाचार