• होमपेज
  • राजनीति
  • प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर, फागुन २५ गतेलाई तोकियो पेसी

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर, फागुन २५ गतेलाई तोकियो पेसी

  • मङ्लबार, फाल्गुन २३, २०७९
प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर, फागुन २५ गतेलाई तोकियो पेसी

काठमाडौं  –     प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । उक्त मुद्दाको पेशी भने फागुन २५ गतेलाई तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् ।

२०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको त्यही अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।

यता, माओवादी र पूर्व माओवादीहरु एकजुट भएर संक्रमणकालिन मुद्दा शान्तिसम्झौता अनुसार टुँगो लगाउनुपर्ने बताएका छन् । आजमात्रै माओवादी विचारधाराका ८ दलको बैठक बालुवाटारमा बसेको थियो ।

चर्चामा

सम्बन्धित समाचार