
शंघर्ष बिनाको समानता खै कसोगरी हुन्थ्यो,
हुनेभए जन्मसिद्ध अधिकार खरखरी हुन्थ्यो।
सदियौं किन लड्थे अबला नारी प्रराण त्यागी,
उनैको पनि समाजमा छोरा झैं मनपरी हुन्थ्यो।
कागतमा जेसुकै लेखिएता पनी व्यबहार उस्तै,
पुरूषप्रधान समाजमा कहां पुरूष सरी हुन्थ्यो।
धेरै महत्व छ आठ मार्चको मानव संसार लाई,
यसकै पद चिन्हमा हिंड्दा सबै बराबरी हुन्थ्यो।
आज आधा आकास अपहेलित असमान हुँदा,
सम्पतीमा अधिकारले उपकार सधैभरी हुन्थ्यो।
एउटा रथका दुइटा पाङ्ग्रा हौं महिला र पुरूष,
छोरा छोरी बराबरी भए त प्रेम को झरी हुन्थ्यो।
क्लारा जेट्किन पारिजात झैँ देशमा भएकैभए,
महिँला अधिकार आन्दोलन सधै नडरी हुन्थ्यो।
हुँदैनथ्यो महिँला माथि अन्याय अत्याचार कत्ती,
इनी मानव रूपी राक्षशहरू सधै धरधरी हुन्थ्यो।
