बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • दुर्घटनामा परेका राजेन्द्रलाइ उपचारमा आर्थिक अभाब

दुर्घटनामा परेका राजेन्द्रलाइ उपचारमा आर्थिक अभाब

  • शनिबार, फाल्गुन २०, २०७९
दुर्घटनामा परेका राजेन्द्रलाइ उपचारमा आर्थिक अभाब

बाजुरा–बाजुराको जगन्नाथ गाउँपालिका ३ बस्ने २२ बर्षिय राजेन्द्र सिंहको उपचारमा आर्थिक अभाब भएको छ । राजेन्द्र रोजगारीको शिलसिलामा मलसियामा रहेका थिए । राजेन्द्र मोटरसाइकल दुर्घटना बाट गम्भिर घाइते भएका छन् ।
मलसियाको एउटा अस्पतालमा उपचार भइरहेको भएपनि पैसा नहुदा उपचारमा समस्या भएको मनोज ठकुरीले वताएका छन् । अर्काको बाईक मागेर चलाउदै गर्दा बाटोमा दुर्घटनामा परेका थिए । टाउकोमा ठुलो चोट लागेको हुदा अपरेसन गर्नु पर्ने र एउटा आखाँको ज्योति गुमेको छ ।
राजेन्द्रको उपचारका लागि २० हजार मलसियया पैसा खर्च लाग्ने अस्पतालले जनाएको छ । उनको आइसियुमा राखेर उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाब भएको भन्दै आफन्तले सहयोगका लागि अपिल गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार