• होमपेज
  • राजनीति
  • सभामुख घिमिरे बालुवाटार सर्ने तयारीमा

सभामुख घिमिरे बालुवाटार सर्ने तयारीमा

  • शुक्रबार, फाल्गुन १९, २०७९
सभामुख घिमिरे बालुवाटार सर्ने तयारीमा

काठमाडौं   –   सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन् ।

‘सोमवारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवाश्यक प्रक्रिया पुरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँवाट बाहिर जानेछन भने उनी पुरानै आफनै भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थितमा जानेछन, त्यो भने निक्यौल भईसकेको छैन ।

वालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको वालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो । तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुब्यावहारको आरोपमा थुनामा गएपछि रिक्त रहदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने वालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए । हाल उनी त्यहाँबाट सरे पछि सभामुख घिमिरे वालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्यौल थियो तर गत सोमवारको मन्त्रीपरिषद बैठकले निर्णय लिए पछि उनी अब बालुवाटर जानेछन् ।

चर्चामा

सम्बन्धित समाचार