• होमपेज
  • बडिमालिका
  • बैंक तथा वित्तिय संस्थाहरुकाे चर्काे ब्याजविरुद्ध बाजुरामा उद्योगी व्यवसायीको प्रदर्शन

बैंक तथा वित्तिय संस्थाहरुकाे चर्काे ब्याजविरुद्ध बाजुरामा उद्योगी व्यवसायीको प्रदर्शन

  • बिहिबार, फाल्गुन १८, २०७९
बैंक तथा वित्तिय संस्थाहरुकाे चर्काे ब्याजविरुद्ध बाजुरामा उद्योगी व्यवसायीको प्रदर्शन

टेक बहादुर बुढा, बाजुरा    –    बैंक तथा वित्तिय सस्थाहरुकाे चर्काे ब्याजदर घटाउन माग गर्दै बाजुरामा उद्योगी व्यवसायीहरुले विराेध प्रदर्शन गरेका छन ।  बैंक तथा वित्तिय सस्थाहरुले चर्काे ब्याजदर कायम गरेकाे भन्दै  बाजुराका व्यवसायीहरूले  ब्याज घटाउनुपर्ने माग सहित बजार   समेत बन्द गराएर विराेध प्रदर्शन गरेका हुन ।

विहिबार  बैंक तथा वित्तिय सस्थाहरुले  चर्को ब्याज कायम गरेकाे भन्दै  सदरमुकाम मार्तडीमा  ब्याजदरविरुद्ध जुलुस सहित व्यवसायीहरुले  २ घण्टा बजार समेत बन्द गराएर आन्दोलन गरेका छन ।

दिउसाे १२ बजे देखि २ बजेसम्म बजार बन्द गराएर व्यवसायीहरुले  दिनभर बजार परिकर्मा गरि विरोध जुलुस प्रदर्शन गरेका छन्। बैंक तथा वित्तिय सस्थाहरुकाे चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको मनाेमानी तथा अव्यवहारिक नीतिविरुद्ध पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन    मात्र गरिएकाे  उद्याेग बाणिज्य संघका बाजुराका बरिष्ठ सदस्य रम बहादुर शाहीले बताएका छन् ।  पहिलाे चरणकाे शान्तिपूर्ण अान्दाेलनले माग सम्बाेधन नभएमा  २० गते देखि थप आन्दोलनका कार्यक्रम तय गर्दै सशक्त रुपमा अान्दाेलित हुने समेत संघका बरिष्ठ सदस्य शाहीले चेतावनी दिएका छन ।  बैंक तथा वित्तिय सस्थाहरुले  व्यावसायीहरुलाइ किस्ता ऋण लिने समयमा थाेरै ब्याज भन्ने तर  तिर्ने समयमा भने चर्काे ब्याज कायम गर्ने गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै  बाजुरा उद्योग वाणिज्य संघको अगुवाइमा  याे आन्दोलन सुरु गरिएकाे  सचिव टेक बहादुर धामीले बताएका छन ।

  उक्त अान्दाेलित  व्यवसायीहरूले बैंक तथा वित्तिय सस्थाहरुकाे चर्काे  ब्याजदर घटाउनुपर्ने, ऋणको किस्ता र ब्याज तिर्ने समय बढाउनुपर्ने लगायतका माग राखेका छन्।   याे विराेध  प्रदर्शन सुदूरपश्चिम प्रदेश राजधानी धनगढी सहितका बजारमा समेत भइरहेकाे र उनीहरूले आफ्ना माग पुरा नभए थप आन्दोलन गर्ने र उपलब्ध सबै बैंकहरुमा धर्ना दिने चेतावनी समेत दिएका छन्।  No description available.

 हिजाे देखि सुरु भएकाे उक्त  विराेध  प्रदर्शन २० गते सम्म कायम राख्ने् र त्यस पछि माग पुरा नभएमा थप विराेधका कार्यक्रम अगाडि बढाएर लैजाने  बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकायाले बताएका छन ।  आर्थिक मन्दी चलिरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको भन्दै व्यवसायी आन्दोलित हुनु परेको पनि  बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष   रोकायाले बताए । चर्को ब्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर हुनु पर्ने माग सहित  व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र  समेत बुझाएका थिए।   बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी व्याजदर बढाएपछि व्यवसायीहरु पलायन हुने क्रम बढ्न थालेको ब्यबासायीहरुले  बताएका छन । यस्तै वैंक तथा वित्तीय संस्थाहरुले व्याजदरका नाममा कालोबजारी गरिरहेको आरोप  व्यवसायीकाे छ ।

चर्चामा

सम्बन्धित समाचार