शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

  • बिहिबार, फाल्गुन १८, २०७९
बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

बझाङ   –    बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको बुङ्गल नगरपालिका–१० खेताचाल डौड की ५४ वर्षीया रत्ना देवी बागको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो।

बुधबार साँझ ५ बजेको समयमा बुङ्गल नगरपालिका–४ झापामा रहेको कृषि विकास बैंकबाट नाती नातिनीको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किनेक्रममा घर नजिकैको माझापड भन्ने ठाउँबाट करिब १ सय मिटर तल लडेर घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार