शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङ प्रशासन: कार्यालय खुल्नु अघि राष्ट्रिय गान

बझाङ प्रशासन: कार्यालय खुल्नु अघि राष्ट्रिय गान

  • बुधबार, फाल्गुन १७, २०७९
बझाङ प्रशासन: कार्यालय खुल्नु अघि राष्ट्रिय गान

अर्थ जङ्ग शाही, बझाङ –  जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ ।

प्रशासनले फागुन १७ गते बुधबार आजदेखि कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो ।

प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व पोसाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त कार्यको थालनी गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

उनले भने, ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं ।’

उनले राष्ट्रिय गान पश्चात कार्यालयको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार