• होमपेज
  • बाजुरा बिशेष
  • फागुन १९ देखि हुने भनिएकाे महोत्सव चैत ३ मा सारियाे

फागुन १९ देखि हुने भनिएकाे महोत्सव चैत ३ मा सारियाे

  • मङ्लबार, फाल्गुन १६, २०७९
फागुन १९ देखि हुने  भनिएकाे  महोत्सव चैत ३ मा सारियाे

बाजुरा  –     बाजुरामा  हुने भनिएकाे  प्रथम खप्तड मालिका कृषि, उद्याेग  पर्यटन,  कृषि   तथा व्यापार महोत्सव  २०७९ सारिएकाे छ ।   फागुन १९ देखि २७ गतेसम्म  हुने भनिए पनि प्राविधिक कार‍णले  महोत्सव सारिएकाे  खप्तड मालिका युवा सञ्जालका अध्यक्ष  शुक्रराज बोहराले बताएका छन् । उक्त महाेत्सवकाे तयारी , व्यावस्थापन र समयकाे अभावका कारणका साथै महाेत्सवलाइ थप व्यवस्थित बनाउनका लागि  महाेत्सव सारिएकाे  सञ्जालका अध्यक्ष   बोहराले बताए । उक्त महाेत्सव चैत ३ गते देखि १२ गते सम्म सञ्चालन हुने  म‌गलबार पत्रकार सम्मेलन मार्फत  अायाेजकले जनाएकाे छ ।  चैत ३ गते सुरु हुने उक्त महोत्सव   ९ दिनसम्म  संचालन गर्ने म‌गलबार पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको आयोजक क्लव खप्तड मालिका युवा सञ्जालका अध्यक्ष शुक्रराज बोहराले बताए ।
जिल्ला सदरमुकाम मार्तडीको तालिमा आयोजना हुने महोत्सवमा स्थानीय उत्पादन र उद्यमी मेला र कला सँस्कृतिको प्रवद्र्धन र विकास केन्द्रीत प्रस्तुती रहने बताइएकाे छ ।  महोत्सव उद्घाटन र समापन दिनको दिनमा दर्सकले पैशा नतिर्नु पर्ने र बाकी दिनहरुमा टिकेट लाग्ने  छ ।
स्थानीय कला सँस्कृतिको प्रवद्र्धन, रैथानी खाद्यन्नको पहिचान र उद्यम उत्पादनको बढुवाका लागि महोत्सव गर्न लागिएको आयोजकले बताएको छ । करिब ४४ लाख आम्दानीको अनुमान गरिएकोमा ४० लाख बढी खर्च हुने बताइएको छ ।
राष्ट्रिय स्तरमै चर्चा कमाएका कलाकारहरु एलिना चौहान, सुप्रीम मल्ल, विनोद बाजुराली, अञ्जली अधिकारी, प्रकाश थापा, बद्री पंगीनी, पविन्द्र सुनार, पुष्कल शर्मा, लालबहादुर धामी, गौरी भट्ट, टंक तिमिल्सेना सहीत २१ बढी कलाकार ल्याउने तयारी थालिएको छ ।
युवा क्लबको आयोजनामा गरिएको महोत्सवमा बाजुरा स्थित उद्योग वाणिज्य संघ र अन्य कलाकारिता क्षेत्रका संघ संस्था र कलाकारलाई ससम्मान स्थान दिने बाहेक आयोजनामा संलग्न भने गराइएको छैन् । आयोजकले विभिन्न उपसमिति बनाएर तयारी सुरु गरेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार