• होमपेज
  • राजनीति
  • अर्थमन्त्रालय कांग्रेस, र गृह माओवादीलाई दिने उच्चस्तरको समझदारी, विनोद चौधरीलाई अर्थमन्त्री बनाउन दबाब

अर्थमन्त्रालय कांग्रेस, र गृह माओवादीलाई दिने उच्चस्तरको समझदारी, विनोद चौधरीलाई अर्थमन्त्री बनाउन दबाब

  • मङ्लबार, फाल्गुन १६, २०७९
अर्थमन्त्रालय कांग्रेस, र गृह माओवादीलाई दिने उच्चस्तरको समझदारी, विनोद चौधरीलाई अर्थमन्त्री बनाउन दबाब

काठमाडौं  –   प्रधानमन्त्री पुष्पकमल दाहाल तत्कालै मन्त्रिपरिषद् पूनर्गठनको तयारीमा जुटेका छन् । नेकपा (एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालको थाप्लोमा १६ मन्त्रालय थपिएका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर पुष १० गतेको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ ।

नयाँ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित आठ दलीय गठबन्धन बनेको छ। प्रधानमन्त्री दाहालले आठ दलीय गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका छन् ।

यसको लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भने मोटामोटी समझदारी बनाएका छन् । बालुवाटारनिकट उच्च स्रोतकाअनुसार कांग्रेसले अर्थमन्त्रालयसहित ७ मन्त्रालय लिने समझदारी छ । माओवादीले भने गृहसहित पाँच मन्त्रालय लिने भएको छ । कांग्रेसमा भने मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । अर्थमन्त्रालयमा अर्थतन्त्र बुझेको व्यक्तिलाई अघि सार्ने तयारी भएको छ ।

कांग्रेसकै शीर्ष नेताहरुले यसपटक विनोद चौधरीलाई अर्थमन्त्रालयको नेतृत्वमा पुर्याउन चाहेका छन् । मुलुकको अर्थतन्त्र संकटमा रहेको बेला पार लगाउनसक्ने व्यक्तिको खोजी भैरहेको बेलामा चौधरीको नाम अर्थमन्त्रीको रुपमा चर्चामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवापनि चौधरीलाई अर्थमन्त्रालयको नेतृत्व सुम्पिन सकारात्मक छन् । प्रधानमन्त्री दाहालले पनि चौधरीलाई अर्थमन्त्रीमा नियुक्त गर्न कुनै समस्या नभएको वचन दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार