बाजुरा – प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख रुपयाँ क्षतिपूर्ति दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार २१ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार उनीहरुलाई क्षतिपूर्ति दिइएको छ ।
मतदानको क्रममा भएको झडपमा परी मृत्यु भएका सञ्जिव ऐडी र चेतनदीप ऐडीको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ आर्थिक सहायता दिइएको हो ।