मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिको निर्वाचनमा पर्ख र हेर

रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिको निर्वाचनमा पर्ख र हेर

  • सोमवार, फाल्गुन १५, २०७९
रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिको निर्वाचनमा पर्ख र हेर

काठमाडौं  –    राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

आज (सोमबार) बसेको कार्यसमितिको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि नै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर समर्थन भने कायमै राखने वचन दिएको स्रोतको दाबी छ । राष्ट्रपतिको निर्वाचनमा भने पार्टी अहिले तटस्थ बसेको छ ।

एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ । पौडेलले त सभापति लामिछानेलाई भेटेर मत मागिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार