मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • सञ्चार क्षेत्रमा परिवर्तन अनुभूति गराउन कानुन संशोधन आवश्यक छ : सञ्चारमन्त्री शर्मा

सञ्चार क्षेत्रमा परिवर्तन अनुभूति गराउन कानुन संशोधन आवश्यक छ : सञ्चारमन्त्री शर्मा

  • सोमवार, फाल्गुन १५, २०७९
सञ्चार क्षेत्रमा परिवर्तन अनुभूति गराउन कानुन संशोधन आवश्यक छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं  –   सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छन् ।

सोमबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उनले ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सो अनुकूल पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताइन् ।

उनले नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पन्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको उल्लेख गरिन् ।

नेपालको परिवर्तन र जागरणमा सामुदायिक रेडियोहरुको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उनले अब संख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरिन् ।

अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराधहरु भइरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमहरुले कानुन साक्षरतामा सहयोग पुने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताइन् ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले संघीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार