शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा १० मा विवाह गर्दा वडा कार्यालयको स्वीकृति

बुढिगंगा १० मा विवाह गर्दा वडा कार्यालयको स्वीकृति

  • आइतवार, फाल्गुन १४, २०७९
बुढिगंगा १० मा विवाह गर्दा वडा कार्यालयको स्वीकृति

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका -१० को वडा कार्यालयले विवाह गर्दा वडाको स्विकृति अनिवार्य गरेको छ । वडामा हुने बालविवाहका घटनाहरूलाई न्युनिकरण गर्नका लागि वडा कार्यालयले  बुढीगंगा-१० भित्रका कुनैपनि केटाकेटीले विवाह गर्नुपुर्व वडा कार्यालयमा जन्मदर्ता पेश गरी स्विकृतीपछि मात्रै विवाह गर्न अनिवार्य गरेको वडा अध्यक्ष दल बहादुर साउँदले बताए  ।
साथै बालिववाह न्युनिकरणकै लागि विवाहको निमन्त्रणा कार्डमा जन्ममिति खुलाउन पनि वडा कार्यालयले अनिवार्य गरेको अध्यक्ष साउँदले बताए । विवाहको निमन्त्रणा कार्डमा जन्म मिति खुलाएपछि केटा र केटीको उमेर पनि सबैलाई जानकारी हुने र बालविवाहका घटना न्युनिकरण गर्न सहज हुने भएकाले वडा कार्यालयले सो कुरा अनिवार्य गरेको वडा कार्यालयद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।
साथै वडा कार्यालयले विवाहका लागि वडा कार्यालयबाट स्विकृती नलिई विवाह गरेको पाइएमा वडा कार्यालयबाट प्राप्त हुने जुनसुकै सेवा सुविधाबाट बन्चित गराइने पनि वडाध्यक्ष दलबहादुर साँउदद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । बिवाह गर्दा अनिवार्य रूपमा जन्म दर्ता ल्याउने अभियानमा बुनपा वडा न.१० काे कार्यालयसँग सहजिकरणकाे पाटाेमा अहम भूमिका निर्वाह गर्ने सामाजिक अभियान्ता सहास नेपालका पैरवी तथा साझेदार अधिकृत सरिता बिष्टले वताइन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार