शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साथी किन जिन्दगी लाई भ्रमित गर्छौ

साथी किन जिन्दगी लाई भ्रमित गर्छौ

  • शुक्रबार, फाल्गुन १२, २०७९
साथी किन जिन्दगी लाई भ्रमित गर्छौ

साथी किन जिन्दगी लाई भ्रमित गर्छौ,
आ आफ्नै कुरामा सधैभरी जिद गर्छौ।

दुई दिनको साथ हो तिम्रो र हाम्रो पनि,
आर्काकै दुःखमा किन खितखित गर्छौ।

राम्रो संदेश छाडेर जानु मर्नेवेला तिमी,
जस्तो आचरण छ त्यही अंकित गर्छौ।

हाम्रै पसिनाले सिङ्गारेको शुन्दर बगैचा,
मिठो बोली बचनले अरूको हित गर्छौ।

ए नेता भ्रष्टचार गरेर कस्तो संदेश गयो,
किन यो सारा समाजलाई लजित गर्छौ।

मिठो बोल्नु राम्रै हुन्छ भेटघाटको वेला,
किन आपसमै तनातनी बिनासित गर्छौ।

चर्चामा

सम्बन्धित समाचार