• होमपेज
  • बाजुरा बिशेष
  • बैंक तथा वित्तीय संस्थाविरुद्ध बाजुराका ब्यावासायी आन्दाेलीत

बैंक तथा वित्तीय संस्थाविरुद्ध बाजुराका ब्यावासायी आन्दाेलीत

  • बुधबार, फाल्गुन १०, २०७९
बैंक तथा वित्तीय संस्थाविरुद्ध बाजुराका ब्यावासायी  आन्दाेलीत

बाजुरा —  बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी व्याजदर बढाएको भन्दै उद्धयाेग बाणिज्य संघ बाजुराकाे नेतृत्वमा व्यवसायीहरूले बाजुरा सदरमुकाम मार्तडीमा प्रदशन गरेका छन्। उद्योग वाणिज्य संघ बाजुराकाे नेतृत्वमा भएको प्रदर्शनमा व्याजदर नघटाइए आन्दोलन चर्काउने चेतावनी दिइएको हो। चर्को व्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर नभए व्यवसायीहरूले थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
बैंक तथा वित्तीय संस्थाको अचाक्ली व्याजदरका कारण व्यवसाय धराशायी हुँदा आन्दोलन गर्नुपरेको बाजुराका एक  व्यवसायी सुरेन्द्र नाथले बताएका छन्।आर्थिक मन्दी चलिरहेको समयमा बैंक तथा वीत्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको भन्दै व्यवसायी अन्दोलित हुनु परेको नाथले बताए। ‘बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुल्न थालेपछि हामीहरू आन्दोलन गर्न बाध्य भएका हौँ,’ उनले भने, ‘सरकारले माग पूरा नगरे सशक्त आन्दोलन गर्ने तयारी गरेका छौँ।’  उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायी विरोधमा उत्रिएका हुन्।

No description available.

बुधबार शान्तीपुर्ण बिराेध गरे पनि यसकाे सुनवाइ नभए सम्म आन्दाेलनका चरणहरु चलिरहने उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर राेकायाले लाेकतान्त्रीक चाेकमा काेडसभा मार्फत जानकारी गराएका छन ।  ‘चर्को व्याज र राज्यको व्यवसायी पेल्ने नीतिका कारण धेरै व्यवसायी धरापमा परेकाेले याे आन्दाेलन निरन्तर रहने उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष राेकायाले बताए ।

बजारमा नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएर लाेकतान्त्रीक चाेकमा भएकाे काेड सभामा  बैंकहरुले ८ प्रतिशतमा दिएको ऋणको व्याजदर बढाएर अहिले १६ प्रतिशतसम्म पुर्याउदा व्यवसाय धराशायी हुँदै गएको व्यवसायी हरुले बताएका छन। बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी व्याजदर बढाएपछि व्यवसायीहरु पलायन हुने क्रम बढ्न थालेको ब्यबासायीहरुले  बताए। यस्तै,वैंक तथा वित्तीय संस्थाहरुले व्याजदरका नाममा कालोबजारी गरिरहेको आरोप  व्यवसायीकाे  छ।

चर्चामा

सम्बन्धित समाचार