शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भित्र भित्रै याहाँ ठुलो खेला भयो,

भित्र भित्रै याहाँ ठुलो खेला भयो,

  • मङ्लबार, फाल्गुन ९, २०७९
भित्र भित्रै याहाँ ठुलो खेला भयो,

भित्र भित्रै याहाँ ठुलो खेला भयो,
थाहाहुनुपर्ने देशमा झमेला भयो।

कसैलाई चिन्ता छैन यो देश भित्र,
जो बिरोधी थियो उही चेला भयो।

छोरा बिदेश उड्यो रित्तो घर भित्र,
बृद्धाको साथी हातको ठेला भयो।

आस त थियो देशमा क्रान्ति हुन्छ,
बन्दुकके लडाई सधै कुवेला भयो।

प्रतिगमनले सिर उठायो फेरि पनी,
साचै ठाउँ-ठाउँ उनैको भेला भयो।

नेताहरू पनि भ्रष्टचारी भए देशमा,
देशभरी बिदेशीको मात्र रेला भयो।

के गरौँ जिवन भरी शंघर्ष गेरैकै हौं,
देशभक्त भएर पनि देश हेला भयो।

चर्चामा

सम्बन्धित समाचार