शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा प्रदेश सांसद दानीलाइ बधाई ज्ञापन

बडिमालिका नगरपालिकाद्धारा प्रदेश सांसद दानीलाइ बधाई ज्ञापन

  • आइतवार, फाल्गुन ७, २०७९
बडिमालिका नगरपालिकाद्धारा प्रदेश सांसद दानीलाइ बधाई ज्ञापन

बाजुरा — बडिमालिका नगरपालिकाले प्रदेश सांसद जुना कुमारी दानीलाई शुभकामनाका साथै बधाई ज्ञापन गरेको छ । सामानुपातीक सांसद दानीले सपथ ग्रहण पछी पहिलो पटक बाजुरा आएको अवसरमा नगरपालिकाले शुभकामनका साथै बधाई ज्ञापन गरेको हो । करिव एक हप्ता अगाडी बाजुरा आएकी सांसद दानी केही दिन जिल्लाको उत्तरी क्षेत्रमा गएका कारण केही ढिलो बधाई कार्यक्रमको आयोजना गरिएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताएका छन । कार्यक्रममा प्रदेश सांसद दानीलाई मायाको चिनो सहित नगर प्र्रमुख खड्काले फुलमाला र अबिर लगाएर बधाई तथा शुभकामन दिएका थिए ।
बधाई तथा शुभाकामना कार्यक्रममा बोल्दै प्रदेश सांसद दानीले आफु यसै नगरपालिकाको नागरिक भएकोले बडिमालिका नगरपालिकाको बिकासमा अहम भुमिका निर्बाह गर्ने बताएकी छन । उनले आफु जिल्लाभरको सांसद भए पनि मेरो मातृनगरको बिकासमा पछि नहट्ने र स्थानिय सरकारसंगको समन्वयलाई बढि प्राथमिकताका साथ अगी बढ्ने बताएकी छन ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेस सांसद जुना कुमारी दानी रहेकी थिइन । कार्यक्रममा बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा बिभिन्न वडाका वडा अध्यक्ष नगरपालिकाका बिभिन्न शाखाका प्रमुख, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । बधाई तथा शुभकामना कार्यक्रमको स्वागत नगर उपप्रमुख नन्दा थापाले गरेकी थिइन भने संचालन बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार