नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । आज (आइतबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो सत्ता समीकरणको जन्म हुँदा नै एमालेको जन्मकुण्डलीमा राष्ट्रपति लेखिएको दाबी गरेका हुन् ।
मिडियामा नाम आएजस्तो अहिले आफूले उम्मेदवारको नाम लिन नचाहेको र १३ गतेमात्रै उम्मेदवारको नाम दिने उनले बताए । ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु,’ उनले भने ।